स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र सारिएकोप्रति अनेरास्ववियुको आपत्ति

नेकपा एमाले निकट अनेरास्ववियुले स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र सारिएकोप्रति आपत्ति जनाएको छ। चैत १२ गते हुन गइरहेको स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र सारिएपछि विद्यार्थी संगनठन अनेरास्ववियुले आपत्ति जनाउँदै परीक्षा नियन्त्रककाे सचिवालयमा तालाबन्दी गरेकाे जनाइएको छ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेबाट हुने परीक्षाको परिक्षा केन्द्र विद्यार्थीहरुलाई दुःख दिने अभिप्रायले टाढा राखिएको भन्दै आपत्ति जनाएको अनेरास्ववियुका उपाध्यक्ष समिरराज बिष्टले जानकारी दिए। उनले एक प्रेस विज्ञप्ति जारी गरि आफुहरुको ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको जायज मागहरु सम्बोधन नभएमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए।

प्रेस विज्ञप्ति अनुसार परिक्षा जस्तो संवेदनशिल विषयमा परिक्षा नियन्त्र कार्यालयको गैरजिम्मेवार बन्नु खेदजनक छ । अनेरास्ववियु उक्त निर्णय यथाशिघ्र फिर्ता लिन परिक्षा नियन्त्रण कार्यालय समक्ष जोडदार माग गर्दछ।

यसअघि नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेराश्वियुले समेत आपत्ति जनाएको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *