आसन्न उपनिर्वाचनमा गठबन्धन नगर्ने रास्वपाको निर्णय

आसन्न बैशाख १० मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गठबन्धन नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको हो।

रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको अनुसार आजको बैठकले उपनिर्वाचन हुने तीन वटै स्थानका लागि चुनावी कमाण्डर समेत तोकेको छ । बारा क्षेत्र नं २ मा केन्द्रीय सदस्य गणेश कार्की, तनहुँ १ मा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र चितवन २ मा डोलप्रसाद अर्याललाई चुनावी कमाण्डर तोकेको हो ।

सदस्य कार्कीले भने, ‘बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनमा सहभागि हुने र कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगर्ने निर्णय भएको छ

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *