मन्त्रिपरिषदको पुनर्गठन भोलि नै गरिने प्रधानमन्त्रि प्रचण्डको तयारी, आज सत्ता साझेदार दलहरुको बैठक बस्दै

मन्त्रिपरिषदको पुनर्गठन गर्न प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ तयारीमा लागेका छन् । उनि चैत ६ गते दोस्रो विश्वासको मत लिएपछि कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा जुटेका हुन्। आज सत्ता साझेदार दलहरुको बैठक बोलाएर उक्त विषयमा छलफल गरिने जनाइएको छ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलको अनुसार गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। शनिबार बसेको माओवादी पदाधिकारी बैठकले पनि भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।

यस्तै कांग्रेसले ८, माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी सत्ता साझेदार दलबीच छलफल अघि बढेको बताइएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने पनि नेताहरुको भनाइ छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *