सुनको मूल्य आज ६ सय रुपैयाँले घट्यो

आज सुनचाँदी बजारमा सुनको मूल्य फेरि घटेको छ। साताको पहिलो दिन आइतबार छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सुक्रबार शुक्रवार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *