चैते दसैँको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

चैते दसैँको अवसरमा गण्डकी प्रदेश सरकारले यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त प्रदेशको राजपत्रमा उल्लेख गर्दै विसं २०७८ चैत १८ गतेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

सोहि बिदामा प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने मन्त्रालयका उपसचिव चण्डिका पौडलले बताए।

चैते दशैं वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी भव्य तरिकाले मनाइन्छ। चैत्राष्टमीका बेला गण्डकी प्रदेशका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *