![](https://newsnepalmedia.com/wp-content/uploads/2022/12/gold-1.jpg)
नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य फेरि घटेको छ। साताको दोस्रो दिन छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि छापावाली सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ। यसअघि प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै महासंघको अनुसार आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।