समाज र जनताप्रतिको सेवाभावले राजनीति ओतप्रोत हुनुपर्छः रास्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राजनीति समाज र जनताप्रतिको सेवाभावले भरिएको हुनुपर्ने बताएका छन्। काठमाडौ–१९ यटखास्थित स्व नवीन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा सम्बोधन गर्दै यस्तो भनेका हुन्।

उनले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउँदै जोशीको निष्ठावान् राजनीतिको प्रशंसा गरे। उनले भने नेपाली जनता, समाज र राष्ट्रको सर्वांगीण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहीको रूपमा काम गर्दागर्दै असामयिक मृत्युवरण गर्नुभयो।’

यस्तै पौडेलले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताए।

जोशीको मृत्यु उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा १७ चैत २०७७ सालमा मष्तिष्काघातका कारण भएको थियो।
नेपाली कांग्रेसका नेता एवं उद्योगमन्त्रि समेत रहेका जोशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष समेत रहेका थिए।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *