![](https://newsnepalmedia.com/wp-content/uploads/2023/03/स्ववियुको-चुनावी-तयारी-3.png)
झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बु रहेका छन्। उनलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
यस्तै पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तैगरी मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ८ सय ग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भाबरबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०३ प ३४५६ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।