धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु – News Nepal Media
Trend

धनुषामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार क्षिरेश्वरनाथ नगरपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा स्थानिय अन्दाजी २५ वर्षीय विष्णु फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

यस्तै कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । धनगढी स्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराती साढे १० बजे उनको मृत्यु भएको हो ।

घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती वि.क.को सोही अस्पतालमा उपचार भइरहेको छ । से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP