शुक्रबार , बैसाख ५, २०८२
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट तीन बालबालिकासहित ६ जनाको मृत्यु – News Nepal Media
Trend

अमेरिकामा एक महिलाको अन्धाधुन्ध गोली प्रहारबाट तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। अमेरिकाको टेनेसी नेसभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको जनाइएको छ।

मृत्यु हुनेमा तीनजना ९ वर्षीय बालक छन् भने अन्य तीन जना ६० वर्षमाथिका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार गोली हान्ने व्यक्ति २८ वर्षीय महिला रहेका छन्। उनलाई प्रहरीले कारबाही गर्ने क्रममा मृत्यु भएको समेत जनाएइको छ।

टेनेसी प्रहरीको अनुसार घटना भएको विद्यालय ११ वर्षसम्मका बालबालिका पढ्ने एक निजी क्रिस्चियन प्राथमिक विद्यालय रहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै बन्दुक हिंसा विरुद्ध कडा कदम चाल्न काँग्रेसलाई आग्रह गर्नु भएको छ । अमेरिकामा बन्दुक हिंसाका कारण वर्षेनी सयौं मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP