प्रहरी र प्रदर्शनकरीबीच झडप हुँदा ३ जना प्रहरीसहित १२ जना घाइते

विराटनगरमा प्रहरी र प्रदर्शनकरीबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन्।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर र प्रहरी बीच झडप भएको थियो।

झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् भने छ जना प्रदर्शन पक्षतर्फका घाइते भएका छन्।

प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास छोडेको जनाइएको छ।

प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *