मोरङमा अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

मोरङको रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुक कुमार सिंह रहेका छन् ।

प्रहरी चौकी अमाहिवरियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीर बहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागूऔषध गाँजा करिब ८४ केजी फेला पारी वीर बाहदुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त विषयको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *