
नेपाली टिकटकर रिदम क्षेत्रि(हेन्सी) ले कलाकार दुर्गेश थापा विरुद्ध हालेको उजुरीमाथि आज छलफल गरि मिलेपत्रो भएको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै हेन्सिले कलाकार दुर्गेशमाथि उजुरी हालेका थिए।
हेन्सिले आफुहरु विच पूर्ण सहमति भएको उल्लेख गर्दै उक्त घटना दोहोरिएको खण्डमा कानुन रुपले प्रक्रियामा जाने बताए। उनले भने, एक अर्कालाई हातपात नगरिने र मिलेर अगाडी जाने छौं। दोहोरिएको खण्डमा कानुन रुपमा प्रक्रियामा जाने छौं।


थापासहित तीन जनाको समूहले पिटेको भन्दै क्षेत्रीले आरोप लागाएका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको उक्त उजुरीमा उल्लेख गरिएको थियो। तर एक जना भने सोहि छलफलमा सहभागी नभएको उनले बताए।
यस्तै उजुरीको अनुसार हराएको सिक्री भने फिर्ता आए नआएको प्रष्ट रुपमा उनले खुलाएका छैनन्।