समाजवादको आधार तयार पार्न न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको छ: प्रधानमन्त्रि प्रचण्ड

प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमा पहिलो चोटी जनताका प्रतिनिधिहरुले सार्वभौम नेपाली जनताको अधिकारहरुलाई सुनिश्चित गरेको बताएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको काठमाण्डौ न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भने, संविधानले परिकल्पना गरेको आधार तयार पर्न मुख्य जिम्मेवारी समेत स्थानीय तहकै हो। संविधानको मर्म र भावना अनुरुप समाजवादको आधार तयार पार्न न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको तथ्य स्मरण गर्न चाहान्छु। ‘

बुधबारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन चैत १५ गते देखि १६ गते सम्म संचालन हुने छ। प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरे। उक्त डिजिटल एपमार्फत न्याय सेवा प्रदान गर्न लक्ष्यसहित उक्त एप समेत ल्याइएको छ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एकरुपता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास सहित सो सम्मेलन आयोजना गरिएको जनाएको छ ।

न्यायिक समितिको सम्मेलन भोलि समापन हुने छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *