सोमबार , बैसाख १, २०८२
सेयर बजारमा आज नेप्से झिनो अंकले उकालो लाग्यो – News Nepal Media
Trend

आज सेयर बजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। साताको चौथो दिन बजारमा नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको हो। अघिल्लो दिन मंगलबार १२.४१ अंकले बढेको नेप्से उकालो लागेको थियो।

आज २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै एनआईसी एसिया बैंकले ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँको कारोबारका शीर्ष स्थान कायम गरेको छ । साथै उपसमूहतर्फ रहने १३ वटा समूहमा ५ समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ को शेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज बजार पूँजीकरण २७ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP