आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रति तोला ३ सयले घटेको छ।
छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबार सामान्य वृद्धि भएको छ। यसअघि तोलामा १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार सामान्य बढेर तोलामा १३७५ रुपैयाँ पुगेको छ।