तनहुँ-१ को उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

कांग्रेसले तनहुँ-१ को उपनिर्वाचनको लागि गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सानेपा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले आसन्न उपनिर्वाचनको लागि भट्टराईलाई उम्मेदवार बनाउने नेता अर्जुन नरसिंह केसीले बताए।

उक्त निर्वाचन क्षेत्रबाट मंसिर ४ मा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनले फागुन २५ गते राष्ट्रपतिको पद सम्हालेपछि सो पद रिक्त भएको थियो।

केन्द्रीय सदस्य समेत रहेका भट्टराईलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउने बचन समेत दिइसकेका छन्।

आगामी बैशाख १० गते तनहुँ क्षेत्र नं १ को उपनिर्वाचन हुँदै छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *