तीन मन्त्रालय नपाए सरकारमा प्रवेस नगर्ने नेकपा एसको अडान

एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले भने ‘हामीले तीन मन्त्रालय माग गरेको मंगलबारै प्रस्ट पारिसकेका छौं। प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका छौं। तीनवटा मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं।’

प्रधानमन्त्रीले नाम माग्नेबित्तिकै तीनजनाको नाम दिन पार्टी तयार रहेको उनले बताए। ‘हामीसँग नाम रेडी छ। प्रधानमन्त्रीजीले माग गर्नुभएको केही क्षणमै हामी नाम दिन्छौं,’ सञ्चारकर्मीसँग उनले भने। राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने उनले दाबी गरे।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *