मेयर कप टी-२० प्रतियोगितामा एपीएफ क्लब बन्यो च्याम्पियन

मेयर कप महिला टी-२० प्रतियोगितामा एपीएफले विजय हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ललितपुर मेयर कप महिला टी-२० प्रतियोगितामा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले विजय हासिल गरेको हो। एपीएफले १५५ रनको लक्ष्य क्रममा कोशीले ६ विकेटको क्षतिमा १०० रन मात्रै बनाएको थियो।

कोशी तर्फका कप्तान रुविना क्षेत्रीले ३५ रन बनाइन भने लकिता राजवंशीले २१ र अप्सरा बेगमले १० रन बनाएकी थिइन्। साथै अन्य खेलाडीले दोहोरो अंक निकाल्न सकेका थिएनन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *