केटाहरुसँग बोल्न रोक लगाएपछि आफ्नै छोरीले गरिन् आफ्नै आमाबाबु बिभत्स हत्या

आमाबाबुले केटाहरुसँग कुराकानी गर्न नदिएपछि आफ्नै छोरीले बञ्चरो प्रहार गरि आफ्नै आमाबाबुको बिभत्स हत्या गरेकी छन्। भारतको उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको रिसमा हत्या गरेकी हुन्।

कक्षा आठमा पढ्ने उनि आमाबाबुको हत्या गरेको १५ दिन पछि पक्राउ परेकी थिईन्। प्रहरीको अनुसार केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी थिइन्। त्यहि रिसाएको झोकमा उनले आमाबाबुले पिउने चियामा निन्द्राको औषधि खुवाइन् । दिनभरि काम गरेर थाकेका आमाबाबु मस्ताको निन्द्रामा थिए। त्यहि मौका छोपेर आमाबाबुहरुको निधारमा उनले पटक पटक बञ्चरोले प्रहार गरि निर्मम तरिकाले हत्या गरिन्। प्रहरीको खोज अनुसन्धानको क्रममा उनले उक्त घटना आफैले गरेको समेत स्वीकारेकी छिन्।

यस्तै आमा ४४ वर्षीया रेहाना र बाबु ४८ वर्षीय मोहम्मद शब्बीर केहि दिन देखि घरबाहिर नदेखीको र रगतको छाप बाहिर पनि देखिएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’ लाई थप अनुसन्धान गर्दै जाँदा सोहि अपराध आफुले गरेको भनि उनले स्वीकारेकी थिइन्।

निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि अहिले पक्राउ गरिएको छ । हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ । भने उनलाई प्रहरीले बालसुधारमा लगिएको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *