प्रेमिका भेट्न पुगेका एक युवाको हुम्लामा हत्या

हुम्लामा आफ्नो प्रेमिका भेट्न पुगेका एक युवाको हत्या भएको छ। हुम्लामा प्रेमिका भेट्न पुगेका रूकुम पूर्वका २२ वर्षीय संसार घर्ती मगर हत्या भएको जनाइएको छ।

अहिले हत्याको आरोपमा उनकै प्रेमिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङकी २० वर्षीया राधा थापा मृतकको प्रेमिका हुन्।

यस्तै थापा संगै ३ युवकलाई पनि रहेको बताइएको छ। प्रहरीले उक्त घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अनुसार यसअघि रुकुम पूर्व पुथा उत्तरगंगा-६ घर भएर हुम्ला गएका घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका थिए।

यस्तै थापाले कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी थीइन । प्रेमिकासँग विवाद भएपछि आएको दुई जना केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले दाबी गरेका छन् ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *