नियम उल्लङ्घन गर्ने १२ जना स्कुल बसका चालकसहित २६२ जना चालकलाई कारबाहीमा

काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ ओटा स्कुल बसका चालकहरू आज कारबाहीमा परेका हुन् ।

जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ११ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ ।

योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २६२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *