आफुहरुको सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने प्रधानमन्त्रि प्रचण्डको दावी

प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने बताएका छन्।

शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलन बोल्दै आफुहरुको सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दावी गरेका हुन्।

प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने समेत बताएका छन्। उनले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु। ‘

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *