मोटरसाईकल दुर्घटना हुँदा दुई चालकको मृत्यु

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार १ जना भने घाइते भएका छन् ।

सुर्खेतकै बिरेन्द्रनगर नगरपालिका २ कोलडाँडाका अन्दाजी २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाईते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय शुसिल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल गएराती सवा १ बजे अनियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा गएराति मोटरसाईकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का अन्दाजी २३ बर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।

घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाईकल गएराति ११ बजे अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *