यता काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ५० एम्पुल, नुर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुलसहित भारत मोतिहारी कलवारी डुबा ग्राम-१ बस्ने ३७ वर्षीय जोतीलाल प्रसादलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०२-०३-००१ ख.३६२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उता कैलालीको भजनी नगरपालिका-७ चर्राबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३३ ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय ईन्द्र बहादुर कठरियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सगुन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ नमुना चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१८ दोभान चौर बस्ने २१ वर्षीय सुबोध बानिया र सोही उपमहानगरपालिका-११ थाना भर्याङ बस्ने २६ वर्षीय संजय बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले ना.३१ प ६९५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको जगरनाथपुर गाउँपालिका-२ जानकीटोला चोकबाट अवैध लागूऔषध गाँजा ३ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छिपरमाई गाउँपालिका-४ टिउकी बस्ने २२ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ बस्ने २० वर्षीय आरवाज आलम रहेका छन् । ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले ना.१४ प ७२२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।