उपनिर्वाचनको लागि भोलि उम्मेद्वारी दर्ता हुँदै – News Nepal Media
Trend

आसन्न बैशाख १० गतेको हुने उपनिर्वाचनको लागि भोलिदेखि उम्मेद्वारी दर्ता कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै छन् ।

केही दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् भने केहीले आज गर्दैछन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा उपनिर्वाचनबारे छलफल हुनेछ ।

बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय गर्ने बताइएको छ । कांग्रेसले तनुहँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

उपनिर्वाचनका लागि बैठकले नेताहरुलाई जिम्मेवारी पनि तोक्ने छ । नेकपा एमालेले बारा-२ मा उठाउने उम्मेदवार आज तय गर्दैछ । एमालले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय भने गरिसकेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP