पेट्रोलिय पदार्थको मूल्य घट्यो – News Nepal Media
Trend

आज पेट्रोलियम पदार्थको मूल्य घटेको छ। शनिबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको थियो।

आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । निगमले इन्धनको मूल्य मूल्य घटाउने तयारी गरेको जनाइएको छ । हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP