राष्ट्रपति पौडेलको पेट दुख्न थालेपछि त्रिविमा भर्ना, आजै डिस्चार्ज गरिने

राष्ट्रपति रामचन्द्र पौडेल अहिले बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेका छन्। गएराति पेट दुखाइको कारण उनलाई सो अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको र अहिले उनको सामान्य अवस्था रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपतिलाई शनिबार राति ७ बजे अस्पताल लगिएको हो। उनलाई भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेको र अहिले शिक्षण अस्पतालका डाक्टर निरज बमले हेरिरहेको जनाइएको छ।

साथै उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने समेत जनाइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *