सुनको मूल्य आज घट्यो

आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ।

सोमबार छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबारको अघिल्लो दिन सुन १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघको अनुसार चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भइरहेको छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *