बलात्कारको झुठो जाहेरी दिने तीन जना महिलालाई जेल सजाय – News Nepal Media
Trend

जबरजस्ती करणी गरेको भन्दै झुठो मुदा हाल्ने तिन जना महिलालाई रोल्पा जिल्ला अदालतले कैद सजाय सुनाएको छ। जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर भएपछि अदालतले उनीहरुलाई ३/३ महिना जेल सजाय सुनाएको हो।

अदालतले झुठो मुद्दा चलाउनु अपराध रहेको भन्दै तीनै जनालाई कैद सजाय हुने फैसला गरेको थियो। साथै जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ ।

यस्तै अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP