बलात्कारको झुठो जाहेरी दिने तीन जना महिलालाई जेल सजाय

जबरजस्ती करणी गरेको भन्दै झुठो मुदा हाल्ने तिन जना महिलालाई रोल्पा जिल्ला अदालतले कैद सजाय सुनाएको छ। जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर भएपछि अदालतले उनीहरुलाई ३/३ महिना जेल सजाय सुनाएको हो।

अदालतले झुठो मुद्दा चलाउनु अपराध रहेको भन्दै तीनै जनालाई कैद सजाय हुने फैसला गरेको थियो। साथै जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ ।

यस्तै अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *