बारा-२ बाट उम्मेवदवार बनेका जसपाका उपेन्द्रलाई कांग्रेससहित चार पार्टीको समर्थन

आसन्न उपनिर्वाचनको लागि बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उपनिर्वाचनमा उठेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थनमा उनि बारा-२ बाट उम्मेदवार बनेका हुन् ।

यस्तै जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सो क्षेत्रबाट हालका उपराष्ट्रपति राम सहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

बारा–२ मा चार जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। २ जना स्वतन्त्र उम्मेदवारसहित हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी गरि चार जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, रहेका छन् भने हाम्रो नेपाली पार्टीतर्फबाट चन्द्रप्रकाश सुवेदी रहेका छन्ने। यस्तै नेपाल मजदुर किसान पार्टीका मुक्ति यादवले आफ्नो उम्मेद्वारी पत्र दर्ता गराएका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *