बलियो प्रतिद्वन्द्वी भियतनामसँग आज नेपाली महिला फुटबल टोली भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पेरिस ओलम्पिक महिला फुटबल एशिया पहिलो चरणमा आज नेपालले भियतनामसँग भिड्दै छ । नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरीयतामा ३३ औँ स्थानमा रहेको भियतनामसँग १०० औँ स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

फिफा वरीयतामा आफू भन्दामाथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ ।

जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ । भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबल एसिया छनौट मा चैत २० गते देखि २८ गते सम्म हुनेछ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *