मंगलबार , बैसाख २, २०८२
सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु – News Nepal Media
Trend

सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । नेपालबाट सिक्किम घुम्न भनेर गएका नेपालीहरु मध्ये ३ नेपालीको पहिरोमा परि मृत्यु भएको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र २२ वर्षीय आशिष ढकाल र रूपन्देहीकी २९ वर्षिय मुना शाह श्रेष्ठरहेकी छन्।
यस्तै मृत्यु हुनेमा अन्य ४ भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, सौरभ रोय चौधरी र प्रितम माटे रहेका छन् ।

मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुल पास जोड्ने नवाहरलाल नेहरू सडकमा हिमपहिरो गएको थियो। जसमा १३ जनाको पहिरोमामा परि घाइते भएका छन्। अहिले पनि २० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्धार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।

यस्तै घाइते भएका तीन नेपाली ज्योती गुरूङ, सीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक


TOP