बाँधिएको हात्तीको सूँड काटे अज्ञात समुहले: हात्तीलाई मार्न खोजिएको आशंका

बाँधिएको हात्तिको सूँड धारिलो हतियार प्रहार गरी काटिएको छ। चितवनको सौराहास्थित हात्तीसारमा राखिएको सोहि हात्तीको सूँड गए राति ११ः३० बजेतिर काटिएको अवस्थामा भेटिएको हो।

चितवनको पर्यटकीय क्षेत्र रहेको सौराहामा बाँधिएको हात्तिको सूँड अज्ञात समूहले धारिलो हतियार प्रहर गरि काटेको सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले बताए। उनले आफैले पालेको हात्री रहेको बताउंदै, भने, ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?’

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको समेत खतिवडाले बताए ।

हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सूँड काटिएको हुनसक्ने बताए ।हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।