अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प

अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई अपमानजनक सम्बोधन गरेका छन्। ट्रम्पले मंगलबार न्यूयोर्कको अदालतमा सुनुवाइका क्रममा ३४ वटा आपराधिक अभियोगमा दोषी नभएको समेत दावी गरेका छन्।

‘यो केस हाम्रो देशको अपमान हो। हाम्रो देश नरकमा जाँदैछ,उनले भने, ‘आफूले सताएको दाबी गर्ने सबै तरिकाहरू सूचीबद्ध गर्दै छु। ” ट्रम्पले न्यायाधीश र अभियोजकहरूलाई पनि आलोचना गरे र आफूविरुद्धको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको समेत जिकिर गरे।

दुई हप्ता अगाडि नै आफू मंगलबार पक्राउ पर्ने र त्यसको विरुद्ध प्रदर्शनमा उत्रन ट्रम्पले आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए । साथै उनलाई सन् २०१६ मा स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारले आफूसँग ट्रम्पले गरेको पुरानो यौन सम्बन्धको बारेमा सार्वजनिक रुपमा मुख खोल्न लागेको बुझेपछि स्टोर्मीलाई चुप लाउन एक लाख तीस हजार अमेरिकी डलर दिइएको आरोप रहेको छ।

यसअघिको चुनावी खर्चको रकम पोर्न स्टारलाई चुप लाउन दिइएको भनेपछि ट्रम्प अनुसन्धानमा तानिएका हुन्। ट्रम्पलाई १३ पृष्ठको अभियोजनमा ३४ मुद्दा भएको अलजजिराले उल्लेख गरेको छ ।

ट्रम्पको टोलीले अगस्टसम्म मुद्दाको विरुद्ध कुनै पनि प्रस्ताव पेश गर्न पाउने भनिएको छ । अदालतको अर्को सुनुवाइ डिसेम्बरमा तोकिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *