कावासोतीमा वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापन पत्र – News Nepal Media
Trend

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाहरुले सोमबार ज्ञापन पत्र बुझाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रीन फाउण्डेशन लगायतको टोली सोमबार नगरपालिकाका नगर प्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यसैगरी ज्ञापन पत्रमा स्थानीय सरकारको बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने वन क्षेत्रका लागि सुझावहरु समेत पेश गरिएको थियो । समृद्धिका लागि वनको दीगो व्यवस्थापन, कोभिटबाट प्रभावित स्थानीय समुदायको उत्थान, स्थानीय समुदाय, आदिवासी जनजातिहरुको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वन नीति, कानुन निर्माण्ण र समायानुकुल परिमार्जन गर्न सुभाव पेश गरेका थियो ।

त्यसैगरी सामुदायिक वन उपभोक्ता समूह लगायतका समुदायमा आधारित वन व्यवस्थापन समूह, निजी तथा पारिवाििरक निजी वन दर्ता, सञ्चालन र व्यवस्थापन सम्बन्धि आवश्यक कार्य गर्न लगायतका सुभाव पेश गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डे, ग्रिन फाउण्डेशन विष्णु केसी लगायतका टोलीले नगर प्रमुख भुसाललाई सुझाव पेश गरेका थिए ।

कावासोती नगर प्रमुख भुसालले कावासोतीमा स्थानीय वन ऐन कानुन बनाउन बाँकी रहेकोले सरोकारवालासँगको छलफलमा छिट्टै वन ऐन तथा कानुन निर्माण गर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP