कावासोती १० मगरकोटमा जारी फुटवल प्रतियोगिताको सेमीफाईनलमा गोलको वर्षा, सुजन एक्लैले हाने पाँच गोल

कल्पित सुवेदी |
कावासोती १० मगरकोटमा जारी फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको सेमिफाईनल खेलमा बजारटोलको तर्फबाट गोलको वर्षा भएको छ ।

सेमिफाईनलको अन्तिम खेलमा बजार टोल र भगडीटोल बिच प्रतिस्पर्धा भएको थियो भने बजार टोलले ६ गोल गरे गरेर फाईनल खेल्ने पक्का गर्यो भने भगडीटोल बाट कुनै गोल हुन सकेन । बजार टोलका सुजन तामाङ्ग एक्लैले ५ गोल गरेका थिए भने एक गोल अनिस श्रेष्ठले प्रहार गरेका थिए ।

बिहानी युवा कल्बको आयोजनामा असोज २८ गतेबाट जारी फुटबल प्रतियोगितामा ७ टिम सहभागी रहेका थिए । सेमिफाईनलको खेल सकिएसगै ४ गते दिनको २ बजे फाईनल खेल बजार टोल र नमुना टोल बिच घम्सँघमस हुने खेल प्रवक्ता ओमकार घिमिरेले जानकारी दिए ।

फुटबल प्रतियोगितामा बिजेता हुनेले १५ हजार बराबरको खसी तथा उपबिजेतालाई ४ वटा हाँस प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल खेलको समापनको दिन घैटो फुटाई, बेलुन फुटाई प्रतियोगिता समेत आयोजना गरिने कल्बले जनाएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *