📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

विनयी त्रिवेणीमा बस पल्टिँदा २३ जना घाइते

🕒 September 24, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर, असोज ८ गते । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गएराती करिव २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

घाइते सबै राजस्थानका नागरिक हुन । दुर्घटनामा बृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारी लाल शर्मा र मञ्जु शर्मा छन् ।

त्यस्तै बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा, मुरजा शर्मा, सावित्रा शर्मा, गितादेवी शर्मा, शान्ति शर्मा, मुन्नादेवी शर्मा, रामस्वरुप शर्मा, गम स्वरुप मिना शर्मा र कैलाश शर्मा घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुको विनयी त्रिवेणी आधारभुत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए । बसमा ४० देखि ४५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।