📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरका होटल संचालकलाइ खाद्य स्वच्छता तालीम

🕒 September 24, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । नवलपुरका सबै पालिकाका होटल संचालक हरुलाइ नवलपुर होटल व्यवसायी संघले खाद्य स्वच्छता तालिम दिने भएको छ।नवलपुरभर प्रदान गरिने तालिमको सुभारम्भ आज एक कार्यक्रमका विच प्रुखम जिल्ला अधिकारी अरुण बरालले उद्वघाटन गरेका छन।नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाको अध्यक्षता सम्पन्न उद्वघाटन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष यम प्रसाद न्यौपानेले राखेका थिए।

खाद्य स्वच्छता तालिम हिजो होटल नया थालिको हलमा कावासोती बौदिकाली र बुलिङ्गटार गाउपालिकाका होटल संचालक हरुलाई प्रदान गरिएको र ११ गतेसम्म नवलपुरका सबै पालिकाका संचालकहरुलाइ प्रदान गरिने अध्यक्ष रानाले बताए।तालिमले होटल संचालक हरुलाइ खाना कसरी सुरक्षीत राख्ने र शरिरलाइ असर नपर्ने खाना कसरी तयार पार्ने भन्ने विषयमा जानकारी गराउने प्रशिक्षक खाद्य सुरक्षा डिभिजन तनहुका प्रमुख ज्योति आचार्यले बताए।एन्साबको सहयोग तथा नवलपुर होटल व्यवसायी संघ नवलपुरको आयोजनामा जिल्लाभर तालिम प्रदान गर्न लागिएको हो।