📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

आज जितिया पर्व, नवलपुरका स्थानीय तहले दिए सार्वजनिक विदा

🕒 September 25, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलुपर ।
तराईका आदिबासी थारू समुदायका महिलाहरुले आज जितिया पर्व मनाइदै छ । नवलपुर सहित देशभर थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो पर्व धुमधामका साथ मनाइने गर्दछ ।

जितियामा महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको ब्रत लिन्छन् । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण प्रतिपदा सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् ।

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ ।

दाजुभाई र दिदि बहिनीको माया, प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो । यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ ।

दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने पनि चलन रहेको छ ।

यसैबीच जितिया पर्वको अवसर पारेर नवलपुरको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी, गैडाकोट, देवचुली, हुप्सेकोट लगायतका पालिकाहरुले भोलि स्थानीय विदा दिएको छ ।

पालिकाहरुले सूचना प्रकाशित गरी आजको जितिया पर्वलाई सार्वजनिक विदा दिएको हो ।

जितियाको दिन कडा व्रत बस्ने र बालबालिकाहरुले भोलिपल्ट परीक्षा दिन नसक्ने भएको कारण १० गते अर्थात भोलि हुने कावासोती नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयको परीक्षा अर्को दिन सञ्चालन गर्ने निर्णय भएको कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेतले बताए ।