📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

भिसाका कारण सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित

🕒 October 17, 2024 ✍ न्युज नेपाल संबाददाता

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतवासले हालसम्म भिसा नदिएपछि लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको हो।

नेपाली टोलीले शुक्रबारदेखि आयोजक अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रीदेशीय टी-२० शृंखला खेल्दैछ। त्यसलगत्तै नेपालले सोही टोलीविरुद्ध आइसीसी लिग-२ को महत्त्वपूर्ण खेलहरू खेल्‍दैछ। नेपालले लिग २ अन्तर्गत कात्तिक ११ गते अमेरिकाविरुद्ध खेल्नेछ।

यसअघि ८ खेल खेलिसकेको नेपालले एउटामात्र जित हात पारेको छ। एक खेल रद्द हुँदा नेपालले ६ खेलमा पराजित भएको छ। त्यसैले पनि अमेरिकामा हुने लिग २ का खेलहरू महत्त्वपूर्ण रहेको छ। तर, राष्ट्रिय टोलीका मुख्य लेग स्पिन लामिछानेले भिसाका कारण प्रतियोगिता गुमाउने परिस्थित बनेको छ।

नेपाल क्रिकेट संघ (क्यानका) प्रवक्ता छुम्बी लामाले सन्दीप लामिछानेको भिसा प्रक्रियामा रहेको बताए। सन्दीपले भिसा पाउनेमा क्यान विश्वस्त रहेको उनको भनाइ छ। ‘भिसा रोक्नुपर्ने कुनै कारण छैन। उहाँ (सन्दीप)ले केही दिनमै भिसा पाएर अमेरिकातर्फ लाग्नुहुन्छ,’ अन्नपूर्णसँग लामाले भने।

अमेरिकी दूतावासले भिसा होल्ड गरेपछि क्रिकेट लामिछानेले भने दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘नियन्त्रणभन्दा बाहिरको परिस्थिति’ सिर्जना भएको उल्लेख गरेका छन्।

भिसा नपाएकै कारण लामिछाने क्यानडाबाट नेपाल फर्किएका थिए। क्यानडा र ओमानसँगको त्रीदेशीय शृंखलापछि नेपाली टोली उतैबाट अमेरिका गएका थिए। अमेरिकाको भिसा नभएपछि दसैं मनाउन भन्दै सन्दीप नेपाल फर्किएका थिए। उनले दस वर्षपछि बुबाको हातबाट टीका लगाएको उल्लेख गरेका छन्।

‘निधारमा आमा-बुबाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ त्यो मलाई मात्र थाहा छ। १० वर्षपछि आज यो पल फेरि फर्केर आएको छ। भगवानलाई धेरै धेरै धन्यवाद कि मेरा यी भगवानहरू सधैं मेरो साथमा हुनुहुन्छ,’ टीकापछि सन्दीपले सामाजिक सञ्जालमा लेखेका थिए।

यसअघि पनि सन्दीपले अमेरिकामा आयोजित टी-२० विश्वकपको खेल गुमाएका थिए। बलात्कार मुद्दाका अभियुक्त भन्दै अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीप गत जुनमा अमेरिका जान पाएका थिएनन्। उनले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए।