चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ नेपालले लिनसक्ने – News Nepal Media
Trend

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विस्वस्त रहेको बताएकाछन ।

चिनियाँ टोलीले काठमाडौंमा आयोजना गरेको सम्मेलनमा उनले नेपाल–चीन सम्बन्ध अद्धितिय भएको भन्दै पारस्परिक सहयोग र हितमा पनि जोड दिए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्रीसम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताए ।

कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्विर तथा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताइन् । चिनियाँ टोली उच्चस्तरीय भेटवार्तापछि आज स्वदेश फर्किदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP