
नवलपुर । स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस बर्ष नवलपुरका पत्रकार मुकुन्दशेन टेलिभिजनका इतराज गुरुङ असिफलाई प्रदान गरिने भएको छ ।
रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक तथा सामथ्र्य साप्ताहिकका प्रकाशक सागर पोख्रेलद्वारा बुबा आमाको स्मृतिमा स्थापना गरिएको स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार इतराज गुरुङलाई दिइने भएको सागर पोख्रेलले बताए ।

पुरस्कार राशी नगद पाँच हजार रुपैयाँ रहेको छ । यस अघि यस पुरस्कारबाट पत्रकार लालकुमार भट्टराई र नवीन पौडेल सम्मानित गरिएको थियो । यो पुरस्कार हरेक ३/३ बर्षमा नेपाल पत्रकार महासंघ नवलपुरको अधिवेशनमा वितरण गर्ने गरिएको छ ।
यो पुरस्कार भोलि नेपाल पत्रकार महासंघ नवलपुरको अधिवेशनको दिन वितरण गरिने भएको छ ।