📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

🕒 February 23, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन २२ देखि २४ गतेसम्म मध्यविन्दु–७ को नवजागरण माविको प्राङ्गढमा महोत्सव हुने नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नवीनतम कृषि प्रविधि तथा उपकरणहरको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवद्र्धन र संरक्षण गर्न, कृषक, उद्यमी तथा प्राविधिक र अनुसन्धानकर्ताबीच अन्तरक्रिया गर्ने अवसर सृजना गर्न महोत्सव आयोजना गरिएको नगरप्रमुख भिमलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न, वित्तिय संस्थामार्फत कृषि कर्जाको लागि सहजिकरण र कृषि बाली तथा पशुपंक्षि विमाबाट कृषकलाई लाभान्वित गराउन महोत्सव फलदायी हुने उनको भनाइ छ ।

महोत्सवमा स्थानीय कृषकसहित विद्यार्थी, सरोकारवाला लगायत लाभन्विन हुने नगरपालिकाले जनाएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा २५ हजार जनाले प्रत्यक्ष सहभागि भएर अवलोकन गर्ने र १८ लाख ५० हजार रुपियाँ खर्च हुने नगरपालिकाको अनुमान छ ।