📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

🕒 February 24, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर,फागुन १२। नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

केशबराज सिग्देल बिगत लामोसमयदेखि स्वासप्रस्वास सम्बन्धि रोगबाट ग्रसित थिए । स्वर्गीय सिग्देलका एक श्रीमती, दुई भाइ छोरा, र तीन बहिनी छोरी रहेका छन । स्वर्गीय सिग्देलको १३ गते भोलि मङ्गलबार कावासोती १३ स्थित पिठौली घाटमा दाहसंस्कार गरिने भएको छ ।

२००८ साल मंसीर १६ गते तनहुमा जन्मिएका सिग्देल लामो समय शिक्षणपेसामा रहेर अबकास जीवन बिताउदै आएका थिए । यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।