सोमबार , बैसाख १, २०८२
कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’ – News Nepal Media
Trend

नवलपुर । यातायात व्यवस्था कार्यालय कावासोती अन्तर्गत सञ्चालनमा रहेको कावासोती ड्राइभिङ सेन्टरको नाम परिवर्तन गरिएको छ। अबदेखि उक्त ट्रायल सेन्टर ‘नवलपुर ट्रायल सेन्टर’ नामले चिनिने भएको छ।

ट्रायल सेन्टरका सञ्चालक प्रविन सापकोटाका अनुसार, सेवा क्षेत्र विस्तार र पहिचानलाई एकीकृत बनाउन ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको हो।उनले भने, “अब ट्रायल सेन्टरको औपचारिक नाम नवलपुर ट्रायल सेन्टर हुनेछ। नयाँ नामले जिल्लालाई समेट्ने प्रतिनिधित्व गर्छ भन्ने विश्वास छ।”

उक्त ट्रायल सेन्टरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन हुँदै आएको छ। यस नाम परिवर्तनले स्थानीय र सेवाग्राहीलाई अझ स्पष्ट र व्यापक जानकारी दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP