📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

🕒 May 1, 2025 ✍ न्युज नेपाल संबाददाता

निरु गौतम बैशाख १८,
नवलपुरको कावासोती नगरपालिका वडा नं. ७ मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी ६२ जना आमाहरूलाई पोषण सामग्री वितरण गरिएको छ।

बुधबार वडा नं ७ को कार्यलयमा सम्पन्न कार्यक्रममा प्रत्येक आमालाई एक क्रेट अण्डा, एक किलो घ्यू, आधा दर्जन नुहाउने साबुन, एक प्याकेट स्यानिटरी प्याड, एक केजी चना, एक केजी मुसुरो दाल, एक केजी अनार, एक केजी कपडा धुने सरफ तथा एक डब्बा सन्तबरी औषधि प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा सदस्य रुद्र बस्नेतले पोषण सामग्री वितरण कार्यक्रमले आमाहरूको पोषणस्तर सुधार गर्दै शिशुहरूको स्वस्थ विकासमा सघाउ पुर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “सुनौलो हजार दिनमा गरिएको सानो सहयोगले पनि दीर्घकालीन स्वास्थ्य लाभ पुर्‍याउन सक्छ।”

यसै अवसरमा वडाभित्र सक्रिय ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई टोपि, छाता जुत्ता र झोला समेत वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोविन्द प्रसाद महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कावासोती नगरपालिकाको पोषण शाखा सहजकर्ता लक्ष्मी अर्याल रहनु भएको थियो ।

कार्यक्रममा स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी र सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण वडा सदस्य हिरालाल गुरौँले गर्नुभएको थियो।