सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लिले जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सेवा शुल्कमा विशेष छुट दिने घोषणा गरेको छ। कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको समयको सदुपयोग गराउने उद्देश्यसहित कलेजले ५० प्रतिशत छुटको घोषणा गरेको हो।

कलेजका प्रिन्सिपल वाइबी पौडेलका अनुसार यो छुट टोल विकास संस्था, आमा समूह, स्कुल तथा कलेज, मिडिया हाउस, व्यवसायिक संस्था, कलाकार र पत्रकार संघ संस्थाबाट सिफारिस लिएर आउने विद्यार्थीहरूका लागि उपलब्ध हुनेछ। उहाले भन्नुभयो “दलित, जनजाति, मधेसी तथा पछाडि परेका समुदायले सिफारिस बिना नै यो छुट प्राप्त गर्न सक्नेछन्।”

कलेजले जापानको टोकियो, ओसाका, नागोया, फुकुओका, सेन्दाईलगायतका सहरहरूमा विद्यार्थीहरूलाई पठाउँदै आएको छ। युनिभर्सिटी छनोटदेखि भर्ना प्रक्रिया, भाषा कक्षा, भिसा आवेदन तथा सिओर्ई (Certificate of Eligibility) सम्मको सम्पूर्ण प्रक्रिया कलेजले नै सम्हाल्ने जनाएको छ। पछिल्लो इन्टेकमा कलेजबाट प्रोसेस भएका ९७ प्रतिशत विद्यार्थीले सफलतापूर्वक सिओर्ई प्राप्त गरेका छन्।

कलेजमा हाल जापानी भाषाका लागि जापानी प्रशिक्षक साइतो सिगेरु, र IELTS तथा PTE कक्षाहरूका लागि बेलायती प्रशिक्षक लि विलियमले गेस्ट कक्षा सञ्चालन गरिरहेका छन्। कलेजले जापानमै आफ्नै शाखा कार्यालय पनि सञ्चालन गरिरहेको बताइएको छ।

सेन्ट्रल कलेजले भाषा कक्षाका लागि भरतपुर ओरालोस्थित मुख्य कार्यालय र टाँडी सौराहा चोक तथा थानाचोक कावासोतीस्थित शाखा कार्यालयहरूबाट सेवा दिइरहेको छ। साथै, IELTS, PTE, TOEFL, अंग्रेजी, जापानी, कोरियन भाषा कक्षा तथा कम्प्युटर र होटल प्राविधिक तालिम पनि सञ्चालन गरिरहेको छ।

कलेजले विद्यार्थीहरूको बसोबासका लागि होस्टेल सेवा र टाढाबाट आउने विद्यार्थीका लागि यातायात सेवा समेत उपलब्ध गराउँदै आएको छ। प्रिन्सिपल पौडेलले इच्छुक विद्यार्थीहरूलाई समयमै सम्पर्क गरेर परामर्श लिन आग्रह गर्नुभएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *