नवलपुरमा श्रीमानले चलाएकाे ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीकाे मृत्यु

नवलपुर । नवलपुरकाे मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे छ ।

आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका १५ सिमरा भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७ त २९६७ न.को ट्याक्टर खोला तर्ने क्रममा ट्याक्टर अचानक खोलामा पल्टिन जाँदा ट्याक्टरमा सवार १ जना महिलाकाे मृत्यु भएकाे हाे ।
ट्याक्टरमा सवार ४ जना मध्ये मध्यविन्दु १५ निवासी ३६ बर्षीया यम कुमारी थनेत थारुको उक्त ट्याकटरले च्यापी घटना स्थलमै मृत्यु भएकाे हाे ।

ट्याक्टरमा सवार ४ जना मध्य अन्यकाे अवस्था सामान्य रहेका छन् । प्रहरीले मृतककी श्रीमान ट्याक्टर चालक ४२ बर्षीय दाेरन थारू प्रहरी नियन्त्रणा रहेका छन् ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *