चितवन — सेन्ट्रल मोडेल कलेज, भरतपुरमा अध्ययनरत बिआइटिएम (सूचना प्रविधि व्यवस्थापन) र बिएचएम (होटल व्यवस्थापन) कार्यक्रमका विद्यार्थीमध्ये ८० प्रतिशतले पहिलो सेमेष्टरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले गत वर्षदेखि यी दुवै कार्यक्रम सुरु गरेको हो। कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलका अनुसार यो उपलब्धि विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन, अभिभावक तथा शुभेच्छुकको निरन्तर सहयोगकै परिणाम हो।
कलेजले अत्याधुनिक स्मार्ट क्लास, प्राक्टिकल किचन ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, नियमित फिल्ड वर्क र यातायात सुविधा उपलब्ध गराएको छ। साथै, आर्थिक रुपमा विपन्न तथा प्रतिभावान विद्यार्थीका लागि सय प्रतिशतसम्म छात्रवृत्ति व्यवस्था गरिएको छ।
यसै सन्दर्भमा कलेजले शैक्षिक सत्र २०८२ का लागि करिब ६० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ। कलेजका प्रिन्सिपल डा. टी.आर. चालिसेले नयाँ सत्रका लागि सीमित सिटमा भर्ना खुलिसकेको जानकारी दिँदै कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई भरतपुर ओरालोस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो।

Leave a Reply